दफा ५०
बित्तीय जानकारी इकाईबाट प्राप्त सूचना उल्लेख गर्न नपाइने
(१) ऐन तथा यस नियमावली बमोजिम सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गरी तयार गरिने प्रतिवेदन र अभियोगपत्रमा वित्तीय जानकारी इकाईबाट प्राप्त सूचना, पत्र, विवरण तथा कागजात वित्तीय जानकारी इकाईबाट प्राम्न भएको भनी राख्न, उल्लेख गर्न वा प्रमाणको रूपमा पेस गर्न पाइने छैन।

(२) वित्तीय जानकारी इकाईबाट प्राप्त सूचना, पत्र, बिवरण तथा कागजात छुट्टै अभिलेखगरी ऐनको दफा १०ख. र ४४क. बमोजिम गोप्य राख्नु पर्नेछ।